News & Updates

RECON earlier, in 2020 and beyond

Renewable Energy Confederation of Nepal (RECON) is a common forum of associations of private sector involved in supply and delivery of alternative energy systems and services and NGOs involved in promotion of alternative energy in Nepal.

सहज प्रक्रियाबाट वातावरण सुधारका काम गर्नुपर्ने: मन्त्री लाल बाबु पण्डित

जनसंख्या तथा वातावरण मन्त्री लाल बाबु पण्डितले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्युनिकरणका लागि वर्तमान सरकारले नीति तथा कार्यक्रमहरु सहज प्रक्रियाबाट कार्यान्वयन गर्ने छ भने अब परिणाममुखी कार्यक्रमहरु कार्यान्वयन गरी वातावरणको अवस्था सुधारका लागि सरकार क्रियाशील हुनेछ भन्नुभयो ।

नेपालमा अत्यधिक ऊर्जा खपत गर्ने औद्योगिक इकाइहरूको ऊर्जा प्रणालीमा सुधार

नेपालमा अत्यधिक ऊर्जा खपत गर्ने औद्योगिक इकाइहरूको ऊर्जा प्रणालीमा सुधार गरेर ऊर्जा कुशल (इनर्जी इफिसियन्ट) बनाउने नमुना कार्यक्रम लागू भएको छ । जर्मनीको सरकारी स्वामित्वको विकास बैंक ‘केएफडब्ल्यु’को करिब २३ करोड रुपैयाँ (२० लाख युरो) आर्थिक सहयोगमा एनआइडिसी डेभेलपमेन्ट बैंकमार्फत उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।

Interaction on Renewable Energy for agriculture to be held on -77

People in Nepal are directly or indirectly depend on agriculture where a big portion of population adopts it as their occupation. Likewise, rice is the main crop and main food grain so as rice plantation is a festival occasion for many.

वन जङ्गलमा खेर गइरहेको झारपातलाई प्रयोग गरी बायो ऊर्जा उत्पादन गरिएको छ

वन जङ्गलमा खेर  गइरहेको झारपातलाई प्रयोग गरी बायो ऊर्जा उत्पादन गरिएको छ । जिल्लाको अत्तरपुर गाविसमा वनमा खेर गइरहेको पातपतिङ्गर र काम नलाग्ने झाडीलाई पोलेर त्यसबाट बायो ब्रिकेट र कोइला  उत्पादन गरिएको हो ।

नवीकरणीय ऊर्जा प्रविधिमार्फत् महिलाको आयआर्जन बढाउनुपर्नेमा जोड

काठमाडौं, असोज ३० । महिला तथा समाजमा पिछडिएका वर्गको समष्टिगत उत्थानका लागि नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्नेबारे राजधानीमा छलफल भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघद्वारा आयोजित कार्यक्रममा मुलुकमा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि क्रियाशील विज्ञ, महिला र परिसंघ सम्बद्धको सहभागिता रहेको थियो ।

नेपाल नविकरणिय उर्जा परिसंघ प्रथम साधारण सभा सम्पन्न

पर्यावरण संरक्षण, लैंगिक समानता र समावेशिताको सिद्धान्तको आधारमा रही ग्रामीण तथा शहरी जनजिवनका लागि आवश्यक उर्जामा सबैको पहुँच पु¥याउनका लागि नविकरणीय उर्जाका श्रोतहरु परिचालन गर्ने, प्रविधिहरु अध्ययन गर्ने, अनुसन्धान गर्ने, विकास गर्ने, प्रवद्र्धन गर्ने, आवश्यकता अनुसार सो संवन्धमा व्यवसायीहरु, प्राविधिकहरु र सर्व साधारणलाई समेत तालिम दिने

रिकोनको सातौँ वार्षिक साधारणसभा सम्पन्न

परिसंघको सातौँ वार्षिक साधारणसभा सभा मिति यही २०८१ श्रावण ११ मा सम्पन्न भएको छ । यस कार्यक्रममा विद्युत नियमन आयोग र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायतका नेपाल सरकारका विभिन्न निकायमा कार्यरत उर्जा र नविकरणीय उर्जा विज्ञहरु, दातृ निकायका प्रतिनिधिहरु, वित्तीय संस्था बैंकहरुका उच्चस्तरीय अधिकृतहरु, निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरु, स्वतन्त्र रुपले कार्यरत रहनुभएका विज्ञहरु, व्यवसायीहरु र मिडियाका प्रतिनिधिहरुको सहभागिता हुनु भएको थियो ।