News & Updates

रिकोनको सातौँ वार्षिक साधारणसभा सम्पन्न

परिसंघको सातौँ वार्षिक साधारणसभा सभा मिति यही २०८१ श्रावण ११ मा सम्पन्न भएको छ । यस कार्यक्रममा विद्युत नियमन आयोग र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायतका नेपाल सरकारका विभिन्न निकायमा कार्यरत उर्जा र नविकरणीय उर्जा विज्ञहरु, दातृ निकायका प्रतिनिधिहरु, वित्तीय संस्था बैंकहरुका उच्चस्तरीय अधिकृतहरु, निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरु, स्वतन्त्र रुपले कार्यरत रहनुभएका विज्ञहरु, व्यवसायीहरु र मिडियाका प्रतिनिधिहरुको सहभागिता हुनु भएको थियो ।