नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र एशियाली विकास बैक (एडिबी) बीच १.५ मिलियन डलर अर्थात करिब १६ करोड सहायताका लागि सम्झौता भएको छ । नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र एशियाली विकास बैक (एडिबी) बीच १.५ मिलियन डलर अर्थात करीब १६ करोड सहायताका लागि चैत्र ७ गते सम्झौता भएको छ । दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्र्तगतको ऊर्जा विस्तार आयोजना अन्र्तगत अफ ग्रिडका नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सहायतामा सम्झौता भएको हो । 

 

एशियाली विकास बैकको सहायता र युएनडिपीको साझेदारीमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्र्तगतको केन्द्रले परियोजना अघि बढाउनेछ । यसमा युएनडिपीले ग्रामीण जीविकोपार्जनका लागि नवीकरण ऊर्जा (आरइआरएल) अन्र्तगत थप ०.८ मिलियन डलर र केन्द्रलाई प्राविधिक सहायता पनि गर्नेछ । परियोजना अघि बढाउजनका लागि केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी, युएनडिपीका आवासीय प्रतिनिधि आइसानी लाबे र एडिबीका देशीय निर्देशक मुख्तर खामुदखानोभबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

केन्द्रका कार्यकारी निर्देशक अधिकारीका अनुसार, ४.८ मेगावाट उत्पादन हुने गरी परियोजना अन्र्तगत ताप्लेजुङ, सोलुखुम्बु, रुकुम पुर्व, रुकम पश्चिम, डोल्पा, जुम र मुगु जिल्लाका नौ वटा लघु जलविद्युत् तथा पाँचथर, मोरङ, ओखलढुङ्गा, सिन्धुली, रोल्पा, सुर्खेत, कैलाली र बैतडी जिल्लाका १० सोलार मिनी ग्रिड परियोजना अघि बढाइने छ । उनका अनुसार, यसबाट ३० हजार ५०० थप घरधुरीमा विद्युत् पहुँच विस्तार हुनेछ । युएनडिपीकी आवासीय प्रतिनिधि आइसानीले परियोजनाले स्थानीय समुदायको जीविकोपार्जनमा ठूलो सहयोग पुग्ने बताउँदै कोरोना भाइरसले आर्थिक र सामाजिक क्षेत्रमा असर पारेकामा रोजगारी सिर्जनामा सहयोग पु¥याउने बताइन् । एडिबीका देशीय निर्देशक मुख्तरले परियोजनामार्फत भरपर्दो र गुणस्तर ऊर्जा प्राप्त भई यसले गुणस्तर जीवन यापनका साथै परियोजनाहरुको सञ्चालन र व्यवस्थापनमा समेत सहयोग पुग्ने बताए । सासेकले परियोजनाहरु सञ्चालन र विकासका लागि सहकारीहरु र कम्पनी स्थापनाका लागि सहायत समेत प्रदान गर्ने जनाएको छ ।